भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख नजिक

  |   प्रकाशित :

नयाँदिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ लाख नजिक पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको सङ्ख्या ४ लाख ९१ हजार १७० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०८ जनाको मृत्यु भएको छ । तीमध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा अहिले पनि १ लाख ९० हजार १९१ जना सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । त्यसैगरी अरु दुई लाख ८५ हजार ६७१ जना सङ्क्रमणमुक्त भएका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech