भारत–चीन सीमाक्षेत्रमा देखिएको तनाव भारतले कम गर्नुपर्ने

  |   प्रकाशित :

काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा देखिएको तनाव कम गर्ने जिम्मेवारी भारतको रहेको जनाएको छ । 

चीनले भारत–चीन सीमाक्षेत्रमा देखिएको तनाव कम गर्ने जिम्मेवारी भारतको रहेको बताएको छ । भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको एक अन्तर्वार्तामा भारतका लागि चिनियाँ राजदूतले यस्तो बताएका हुन् ।

उनले अहिले स्थिति जटिल बन्नबाट बच्नुपर्ने अवस्था रहेको बताएका छन् । जुन १५ मा लद्दाखको चीनसँगको सीमाक्षेत्रमा दुवै पक्षका सेनाको बीचमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सोही घटनापछि अहिले दुई मुलुकको बीचमा तनाव बढेको छ ।

भारतका लागि चिनियाँ राजदूत सुन वेइयोङले भारतीय सेनाले सीमाको नियम उल्लङ्घन गरेको कारण तनाव कम गर्ने प्रयास पनि भारतले सुरु गर्नुपर्ने बताएका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech