भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, १५,६८९ जनाको मृत्यु

  |   प्रकाशित :

एजेन्सी । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ५ लाख नाघेको छ । 

पछिललो तथ्याँक अनुसार भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको हो ।   

कोरोना संक्रमितहरुको संख्या मात्र ६ दिनमा ४ लाखबाट ५ लाख नाघेको हो । भारतमा कोरोना भाइरस संक्रमणको पहिलो केस जनवरी ३० मा देखिएको थियो ।

भारतमा अहिलेसम्म १५ हजार ६ सय ८९ संक्रमितहरुको मृत्यु भैसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech