कोरोना महामारीको दोस्रो लहर आउनसक्ने डब्लुएचओको प्रक्षेपण

  |   प्रकाशित :

एजेन्सी । कोरोना भाइरस महामारीको दोस्रो लहर डरलाग्दो हुने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएकाे छ । कोरोनाको दोस्रो लहर डरलाग्दो हुने भन्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओले लाखौं मानिसको ज्यान जानसक्ने प्रक्षेपण गरेको छ ।

शुक्रबार डब्लुएचओले औपचारिक रुपमा यस्तो खतरा औल्याएको हो । डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड-१९ को महामारीलाई स्पेनिस फ्लुसँग तुलना गरेका छन् । उनले स्पेनिस फ्लुको दोस्रो लहरबाट ५ करोड मानिसको ज्यान गएको स्मरण गराउँदै कोभिड १९ बाट पनि त्यस्तै खतरा आउनसक्ने औल्याए ।

स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको उल्लेख गरे । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति पनि दिन थालेपछि गुयराको भनाई सार्वजनिक भएको हो । स्मरणीय रहोस् स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसको ज्यान गएको थियो ।

पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंको ज्यान गएको थियो । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नजिक पुग्दै गर्दा डब्लुएचओले चेतावनीसहित खतरा औल्याएको हो विश्वभर संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या २५ लाख कटेको छ ।

त्यहाँ एक लाख २६ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । अमेरिकामा २ करोडभन्दा बढीलाई संक्रमण हुने अनुमान गरिएको छ । दक्षिण अमेरिकामा कोरोना संक्रमण भयावह बनेको छ । ब्राजिलमा संक्रमित संख्या १२ लाख नाघेको छ । त्यहाँ ५५ हजारको मृत्यु भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech