भारत र चीनबीचको झडपमा चिनियाँ सैनिक पनि मारिएको चिनियाँ राजदुत द्वारा स्वीकार !

  |   प्रकाशित :

काठमाडौं । भारत र चीनबीचको हिंसात्मक झडपमा चिनियाँ सैनिकको पनि मृत्यु भएको चीनले स्विकार गरेको छ ।

भारतका लागि चीनका राजदूत सन वीडोंगले भारत र चीनबीचको हिंसात्मक झडपमा चिनियाँ सैनिकको पनि मृत्यु भएको स्विकार गरेको हो ।

सत्य लुकाउन चीनको पुरानो बानी ने हो। सरकारले त्यहाँ के गर्छ, त्यहाँका नागरिकहरूलाई पनि थाहा छैन। भारत र चीनबीचको हिंसात्मक झडपमा भारतका २० सैनिकहरू मारिएको सारा संसारलाई थाहा छ।

तर चीनले यस मृत्युको बारेमा अझै केही भनेन्। १० दिनको मौनपछिको पहिलोपटक, भारतका लागि चीनका राजदूत सन वीडोंगले स्वीकार गरेका छन् कि हिंसात्मक झडपमा चिनियाँ सैनिकको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा वेडोंगले ‘दुई पक्षबीच भयंकर शारीरिक झगडा भएको थियो र यसमा हाम्रा सैनिकहरू पनि मारिए।’ यसभन्दा पहिले चीनले वास्तविक नियन्त्रण रेखामा मृत्युको पक्ष भएको बताएको छैन।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech