चिनियाँ अधिकारीहरूमाथि भिषा प्रतिबन्धको घोषणा गर्यो अमेरिका

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले चिनियाँ अधिकारीहरूमाथि भिषा प्रतिबन्धको घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले हङकङविरूद्ध बेइजिङले ल्याएको नयाँ नीतिको विरोधमा सोका लागि जिम्मेवार चिनियाँ अधिकारीहरूमाथि भिषा प्रतिबन्धको घोषणा गरेको हो।

पोम्पिओले ‘राष्ट्रपति ट्रम्पले हङकङको स्वतन्त्रताको विरूद्ध जिम्मेवार रहेका चिनियाँ कम्युनिस्ट पार्टी९सिसिपी०का अधिकारीलाई कारवाही गर्ने वाचा गर्नुभएको थियो। हामीले त्यसैका लागि यो कदम उठाएका छौं ।’ भनेका छन् । 

उनले भने। ‘सन् १९८४ को सिनो(ब्रिटिस संयूक्त घोषणाले मानव अधिकार र आधारभूत स्वतन्त्रतासहित हङकङलाई दिएको उच्च स्तरको स्वायतताको विरूद्ध जिम्मेवार सिसिपीका वर्तमान तथा भूतपूर्व अधिकारीहरूमाथि भिषा प्रतिबन्धको घोषणा गर्दछु। उनीहरूका परिवारका सदस्यको हकमा पनि यो लागु हुनसक्नेछ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech