विश्व कोरोना अपडेटः संक्रमितको संख्या १ करोड २ लाख पुग्यो, ५ लाख भन्दाबढीको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख ४२ हजार ८ सय ७६ पुगेको हो ।

त्यस्तै, ज्यान गुमाउनेको सँख्या ५ लाख ४ हजार ३ सय ६६ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा एक लाख २८ हजारको मृत्यु भइसकेको छ । त्यहाँ २६ लाख ३६ हजार संक्रमित भएका छन् ।

ब्राजिलमा १३ लाख ४५ हजार संक्रमितमध्ये ५७ हजार ६ सयको मृत्यु भएको छ । रुसमा ९ हजारको संक्रमणबाट मृत्यु भएका छन् । ६ लाख ३४ हजार संक्रमित संख्या पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech