नेपाल कोरोना अपडेटः थप ४७६ जनामा पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै देशमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

आइतबार मात्र ४६३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ।  

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech