देशमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको सँख्या २९ पुग्यो 

  |   प्रकाशित :

काठमाडौं । देशमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । 

योसँगै देशमा कोरोना संक्रमणका काराण ज्यान गुमाउनेको सँख्या २९ पुगेको छ । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ । कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । 

देशमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघेको छ । सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै देशमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आइतबार मात्र ४६३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ। प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech