के प्रधानमन्त्री ओली कट्टरपन्थी राष्ट्रवादको प्रयोग गरेर ‘असफलता’ लुकाउन खोजेकै हो त ? 

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएको अभिव्यक्तिको खुला रुपमा आलोचना शुरु भएको छ। 

यद्यपि सत्तारुढ पार्टी कम्युनिष्ट पार्टीका धेरै नेताहरू खुलेआम बोलेका छैनन् । तर विपक्षी दलहरूले भने, ओलीले आफु नेतृत्वको सरकारको असफलता लुकाउन भारतमाथि विभिन्न किसिमको आरोप लगाइरहेको भन्दै खुला आलोचना गरिरहेका छन्।

आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका थिए । उनले ‘भारतीय मिडिया सुन्नुभएको होला, प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला गर्दैछन् । कसरी भारतीय राज्य संयन्त्र सक्रिय छ भन्ने बुझ्नुभएको होला ।’ भनेका थिए । उनले भारतको राज्य संयन्त्र नै आफ्नाविरुद्ध सक्रिय रहेको आरोप लगाएका थिए ।

यसै सन्दर्भमा ओलीविरुद्ध आलोचना शुरु भएको हो । नेपाली कांग्रेसका सीडब्ल्यूसी (कांग्रेस कार्यसमितिका)सदस्य अजय चौरसिया भन्छन् ‘ओली सरकार सबै घरेलु मुद्दाहरूमा असफल भएको छ, चाहे यो कोरोना भाइरसको मामिलामा उपचार प्रणाली हो वा क्वारन्टिनेटेड मानिसहरूलाई उचित प्रणालीको प्रश्न, सबै मुद्दाहरूमा सरकार असफल भइरहेको छ। आम जनता, किसान वा उद्योगलाई राहत दिने जस्ता सबै महत्वपूर्ण काममा सरकार असफल भएको छ। कोरोना नियन्त्रणको लागी खरीद गरीएको उपकरणहरुमा पनि ठूलो भ्रष्टाचार भएको छ।’

चौरसियाले भने ‘आज जनताले उनीहरुलाई प्रश्न सोधिरहेको छ, तर उनीहरु कुनै प्रश्नको उत्तर दिन सक्षम छैनन्। उनका पार्टीका सदस्यहरू, पोलिटब्युरोका सदस्यहरू वा केन्द्रीय समितिका सदस्यहरू जान्दछन् कि यदि आगामी दिनमा यस्तै मनोवृत्ति कायम रह्यो भने कम्युनिष्ट पार्टीले नेपालमा भोट पाउने छैन। तसर्थ, तिनीहरूलाई हटाउने कुरा छ। यही कारण हो कि केपी शर्मा ओलीले भारतमाथि झूटा आरोप लगाएर आफ्नो कुर्सी बचाउन खोजिरहेका छन्।’

अर्कोतर्फ, राष्ट्रीय जनता पार्टीका अध्यक्ष र जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतो भन्छन् ‘केपी ओलीको सरकार कोरोना भाइरसलाई नियन्त्रण गर्न पूर्णतया असफल भएको छ, त्यसैले यसले भूमि विवाद वा नागरिकता जस्ता सवालहरू ल्याइरहेको छ। तर यसको साथ केहि पनि गर्नुपर्दैन, किनकि तिनीहरूको पार्टी भित्रै उनीहरूलाई हटाउने गतिविधि भइरहेको छ।’ 

‘ओलीको नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक कलह छ र उसले आफ्नो गल्ती लुकाउनका लागि भारतलाई दोषारोपण गर्दैछ।’ जनता समाजवादी पार्टीका अर्का सदस्य प्रदीप यादव भन्छन् । ‘ओलीको बयानले नेपालमा धेरै आलोचना भइरहेको छ। किनभने जनतालाई थाहा छ कि ओली सरकारले आफ्नो असफलता लुकाउन यस्ता बयान दिइरहेको छ। उनले यो पनि भने कि भारतमाथि आरोप लगाउनु भन्दा यो उत्तम हो कि उनीहरूले आफ्नो पार्टी भित्रको आन्तरिक झगडा हटाउनु पर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी !

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रवादी भएको भताएका छन् । प्रधानमन्त्री ओलीले आफू राष्ट्रवादी भएकै कारण केही नेताहरु आफूलाई सत्ताबाट हटाउन लागिपरेको बताए । उनले नाम नतोकी भारत देखि नेपालका होटलहरुसम्म आफूलाई हटाउनका लागि बैठकहरु बसेको बताए ।

आफूलाई हटाउन लागेका नेपालका नेताहरुले भारतसँग साँठगाँठ गरेको भन्ने उनको आशय थियो । ओलीले आफूलाई हटाउन खोज्नुको कारण नयाँ नक्शा जारी गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न खोज्नु नै भएको दाबी गरे । आफू राष्ट्रवादी भएको र राष्ट्रियताको पक्षमा काम गरेकाले चार वर्ष अघि ९ महिनामै सत्ता ढालिएको र अहिले पनि त्यस्तै गर्न खोजिएको उनको आरोप थियो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ असारमा बालुवाटारमा ओलीलाई सरकारबाट फिर्ता हुन भनेको र पार्टीका प्रभावशाली नेताहरु एकजुट भएर ओलीविरुद्ध लागेपछि उनले राष्ट्रियता र राष्ट्रवादको अस्त्र हानेका छन् । उनले आफूलाई हटाउन खोज्नेहरु भारतसँग मिलेको भन्न खोजे । यसरी ओलीले आफूलाई हटाउन खोज्नेलाई भारतपरस्त र राष्ट्रघाती देखाउन खोजेका छन् ।

ओलीले नाम नतोकी भनेपनि नेकपा नेताहरु प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै भारतसँग मिलेर आफूलाई हटाउन खोजेको आरोप लगाएका हुन् । दुवै नेता ओलीको विरोधमा एकजुट भएर उत्रिएका छन् । उनलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी नेकपाभित्र छ । ओली जसले आफूलाई हटाउन खोज्छन् ती राष्ट्रघाती हुन् भनी देखाउन खोजिरहेका छन् । आफूले राजीनामा दिएपछि राष्ट्रियताको विषय अरुले नउठाउने र अतिक्रमित भुमि पनि फिर्ता ल्याउन नसक्ने उनको दाबी छ । यसरी ओलीले नक्शालगायतका विषय राजनीतिक अस्त्रका रुपमा प्रयोग गरिरहेको पुष्टि हुँदै गएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech