आफुबाट लकडाउन उल्लंघन भएको भन्दै न्यूजिल्याण्डका स्वास्थ्य मन्त्रीले दिए राजीनामा

  |   प्रकाशित :

एजेन्सी । न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिएका छन् । 

लकडाउन उल्लंघन गरेकै कारण न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिनु परेको हो । स्वास्थ्य मन्त्री क्लार्कले आफु लकडाउन उल्लंघन गरेकै कारण राजीनामा दिएको जनाएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन् । लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो ।

आफू पदमा रही रहे सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्री प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएको छ । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech