भारतमा कोरोना संक्रमितको सङ्ख्या ६ लाख कट्यो, १८ हजारको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या छ लाख नाघेको छ । 

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ६ हजार ६४७ जना संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । त्यस्तै, त्यहााँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सँख्या १७ हजार ८ सय ६० पुगेको छ । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २८ हजार ४५७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ६० हजार ३३० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech