एमालेमा ३० वर्ष सँगै काम गरेका नेता श्रेष्ठको प्रधानमन्त्री ओली माथि ठुलो आरोप, 'अरुलाई सिध्याउन जे पनि सक्छन् ओली'

  |   प्रकाशित :

काठमाडौं। जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘इख बोक्ने व्यक्ति’ भएको बताएका छन् । 

प्रधानमन्त्री ओलीसँग झण्डै ३० बर्ष संगत गरेका पूर्व एमाले नेता समेत रहेका जनता समाजवादी पार्टीका नेता श्रेष्ठले भने “ओलीजी बदला लिने भावना भएको विष बोकेको सर्प जस्तै इख बोक्ने व्यक्ति हो, उहाँले जे पनि गर्न सक्नुहुन्छ ।”

अगाडीको परिणाम के आउछ भन्ने मतलव नगरी दुर्घटना नै हुने भएपनि अगाडी बढ्ने तर पछाडी नहट्ने ओलीको स्वभाव रहेको उनकाे भनाई छ । ओली सम्झौता नगर्ने मान्छेभएकाले अरुलाई सिध्याउन जस्तोसुकै कदम चाल्न सक्ने पनि बताए ।

प्रधानमन्त्री ओलीलाई भविश्यमा के परिणाम आउछ भन्ने मतलब नगरी होमिने मान्छेको रुपमा उनको विश्लेषण रहेको छ । प्रधानमन्त्री ओलीमा आफु आदेश दिने व्यक्ति हो र अरु सवै आदेश पालक हुन् भन्ने भावना रहेकाले पनि समकक्षीहरुलाई उनीसँग मिल्न गाह्रो हुने श्रेष्ठको भनाई छ ।

विवाद मिलाउनका लागि यसअघि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे झै अहिले पनि नयाँ यस्तै सुत्र प्रयोग गर्न सक्ने नेता श्रेष्ठले अनुमान गरे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech