चीनमाथि फेरी ट्रम्पको हमला, ट्रम्पले कोरोनालाई दिए ‘चिनियाँ प्लेग’को संज्ञा 

  |   प्रकाशित :

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक चीनमाथि हमला गरेका छन् । कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले फेरि एकपटक चीनमाथि हमला गरेका हुन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ विपत्ति भनेका छन् । उनले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ प्लेगको संज्ञा दिएका हुन् । 

उनले चीनले चाहेको भए कोरोना भाइरस अन्य देशमा नफैलिने दाबी गर्दै तर चीनले त्यसो नगरेको आरोप लगाएका छन् । उनले चीन र अमेरिकाले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरे पनि त्यसको मसी सुक्न नपाउँदै यो घटनाले ढक्ढक्याएको पनि बताएका बीबीसीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech