कोरोना त्रासबीच सुरु भयो टुटल-पठाओ

  |   प्रकाशित :

काठमाडौँ । टुटल तथा पठाओ कम्पनीले बिहीबारबाट सञ्चालन हुनेगरी सेवा सुरु गरेका छन् ।

सरकारले अत्यावश्यक सवारी साधन बाहेकलाई चल्न रोक लगाएको अवस्थामा टुटल तथा पठाओ कम्पनीले बिहीबारबाट सञ्चालन हुनेगरी सेवा सुरु गरेका हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका बीच टुटल तथा पठाओ सञ्चालनमा आउने भएको हो । 

असार १ देखि खुकुलो भएको लकडाउनमा निजी गाडीमा ३ जना तथा बाइकमा १ जना मात्र आवतजावत गर्न पाईने भनिएको छ । तीन महिनासम्म बन्द अवस्थामा रहेको सो कम्पनीले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा सुरू गरिएको टुटल र पठाओले जनाएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech