नेपाल कोरोना अपडेटः थप ७४० जनामा पुष्टि, संक्रमितको १५ हजार नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा थप ७४० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र ७४० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech