कोरोना अपडेटः काठमाडौंमा एक संक्रमितको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा थप एक कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएको छ । 

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। त्यस्तै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र  ७४०  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech