प्रदेश-१ मा थपिए ३८ कोरोना संक्रमित 

  |   प्रकाशित :

विराटनगर । प्रदेश १ मा ३८ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रदेश १ मा ३८ जना कोरोना संक्रमित थपिएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । विराटनगर स्थित कोभिड उपचार केन्द्रबाट ३ बर्षीय बालक र ३ वर्षीया बालिका सहित १५ जना र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना गरी २१ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५–५ जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ ।

झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरंगको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech