विदेशमन्त्री कुरैशीलाई कोरोना पुष्टि भएपछि पाकिस्तानमा रुवाबासी !

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी पनि कोरोना भाइरसको चपेटामा परेका छन् । 

विदेशमन्त्री शाह कुरैशीले स्वयंले समाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएका छन् । उनले ट्वीटमा ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ लेखेका छन् ।

विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् ।

कुरैशीमा कोरोना पोजेटिभ देखिएसँगै उनका आफ्न्त लगायत उनका शुभचिन्तकमा चीन्ता छाएको छ । साथै रुवाबासी पनि शुरु भएको जनाएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech