राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन प्रचण्ड-नेपाल लिए परामर्श, भण्डारीलाई हटाउनै पर्ने बाध्यता !

  |   प्रकाशित :

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन केहि नेताहरु जुटेका छन् । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले बुधवार डा. युवराज संग्रौला र गोबिन्द बन्दीसँग राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने बिषयमा छलफल गरी राय मागरेका हुन् । 

स्रोतका अनुसार प्रचण्ड र माधवले बुधवार गोप्य रुपमा संग्रौला र बन्दीसँग छलफल गरी राष्ट्रपति भण्डारीलाई हटाउनै पर्ने बाध्यता आइलागेकोले महाअभियोग लगाउनेबारे कानूनी आधार मागेका थिए । उनीहरुको प्रश्नपछि संग्रौलाले महाअभियोग लगाउन सकिने र प्रतिनिधिसभाका सभामुखले साथ दिए यो काम पूरा हुने बताएको बुझिएको छ । 

राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन सकिने संगौलाको सुझावपछि दुवै नेता निकै उत्साहित भएको स्रोतले जनाए । यस बिषयमा संग्रौलाले राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन सकिने सुनाए पनि बन्दीले भने संभव नभएको सुझाव दिएको स्रोतले बतायो । स्रोतले दिएको जानकारीअनुसार बन्दीले संबिधानअनुसार राष्ट्रपतिलाई महाअभियोग लगाए पनि राष्ट्रपति निलम्बन नहुने ब्यवस्था पढाएका थिए ।

‘महाअभियोग पास गर्ने अवस्था छैन भने यस्तो मुर्ख काम गर्नुहुन्न, महाअभियोग लागे पनि राष्ट्रपति निलम्बन हुन्न, निर्णय नहुँदासम्म यथावत रहन्छ, सवैले साथ दिएछन भने पनि राष्ट्यिसभामा जसै गर्दा पनि दुई तिहाई पुग्दैन, पारित हुन त संभव नै छैन, यसो गर्दा तपाईहरु नेपालीसामू मुख देखाउनै नसक्ने बिन्दुमा पुग्नुहुन्छ,’ बन्दीको भनाई थियो । 

अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल र कानून ब्यवसायीको यो छलफलबारे प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सूचना पुगेपछि बिहीवार नै मन्त्रिपरिषद बैठकबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएको स्रोतले जनाए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech