चीनसँग सीमा बिबादका बीच भारतीय प्रधानमन्त्री मोदीले लद्दाख पुग्नुको यस्तो छ ‘विशाल अर्थ’

  |   प्रकाशित :

काठमाडौं । चीनसँग सीमा बिबादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन्। 

मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत शुक्रवार बिहान भारत–चीनबीचको विवादित सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। लेह पुगेर मोदीले त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। मोदी सैनिकको हौसला बढाउन र चीनलाई आफू सेनाको साथमा रहेको सन्देश दिन लद्दाख पुगेको बताइएको छ। 

लेहमा प्रधानमन्त्री मोदीले भ्रमण गर्नुको अर्थः

१. भारत  सेनासँगै खडा रहेको विश्वलाई रणनीतिक सन्देश,
२. प्रधानमन्त्री अगाडिबाट ‘लिडीङ’ गर्दैछ भन्ने,
३. चीनलाई चुनौतीका रूपमा ‘हामी क्षेत्रीय अखण्डतामा सम्झौता गर्दैनौं’ भन्ने देखाउन,
४. राष्ट्रिय इच्छा ‘आवश्यक छ भने हामी थप माईल हिड्नेछौं’,
५. लद्दाखका स्थानियहरू आश्वस्त महसुस गर्छन्,
६. डिटेक्टरहरू मौन हुनेछन्,
७. डिटरेन्स शब्दमा होइन, कार्यमा निहित रहेकाे देखाउन
८. सेना र जनरलको साथ खडा हुन्छ र उनीहरूको नेतृत्व स्वीकार्छ,

चीनलाई कडा सन्देश पठाउँदै मोदीले शुक्रबार विस्तारवादको युग समाप्त भइसकेको र भारतका दुश्मनहरूले आफ्नो सशस्त्र सेनाको आगो र रोष देखेका छन्। चिसो मरुभूमिको जमेको उचाइमा दुई देशका सेनाहरू बीचको तनावपूर्ण सीमाको बीचमा लद्दाख क्षेत्रको उनको अचम्मको भ्रमणको क्रममा उनको दाबी भएको हो।

भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान घाटीमा दुई देशका सेनाबीच भएको ह्रिंस्रक झडपमा भारतीय कर्णेलसहित २० जना सेनाको मृत्यु भएको थियो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech