भारतमा कारोन भाइरस संक्रमित हुनेको संख्या साढे ६ लाख पुग्यो

  |   प्रकाशित :

काठमाडौं । भारतको शुक्रबार मात्रै २२ हजार ७२१ नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो । 

योसँगै अहिले भारतमा कारोनभाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको वर्डोमिटर्सले जनाएको छ । कोरोनबाट मृत्यु हुनेको संख्या भने १८ हजार ६६९ पुगेको छ । जसमध्ये ४४४ जनाको भने शुक्रबार मात्रै मृत्यु भएको वर्डोमिटर्सले जनाएको छ ।

अहिले भातरमा २ लाख ३६ हजार ९२२ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ३ लाख ९४ हजार ३३१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech