निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि थपियो

  |   प्रकाशित :

भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ ।

 चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिए नागरिक उड्डयन प्राधिकरणले जानकारी दिए । प्राधिकरणका अनुसार चौथोपटक विमानस्थल निर्माणको अवधि थपिएको हो । 

यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाईको मुख्य कारण बनेको छ । अव भने थपिएको समयभित्रै निर्माण कार्य सम्पन्न हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

३१ मार्च २०२० मा निर्माण सक्ने लक्ष्य राखिएकोमा असहज परिस्थितिका कारण काममा ढिलाइ हुँदा नौ महिना म्याद थप भएको उनले बताए। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech