अमेरिकामा झनै बढ्दै कोरोना महामारी

  |   प्रकाशित :

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा एकै दिन मात्र ६१ हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ ।

वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार एकै दिन मात्र ६१ हजार ८४८ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै अमेरिकामा संक्रमितकाे सँख्या ३१ लाख  ५८ हजार कटेकाे छ ।

अमेरिकामा यो नै हालसम्मकै बढी दैनिक संक्रमणका केस रहेको बताइएको छ । अमेरिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजोर हुँदै गएको बताइन्छ । त्यहाँ भाइरस संक्रमणका कारण हालसम्म १ लाख ३४ हजारको मृत्यु भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech