कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल छः डब्ल्यूएचओ

  |   प्रकाशित :

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल भएकाे बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताको हो । 

जेनेभामा भएको अनलाइन सम्मेलनमा उहाँले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्ण रुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ, त्यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताए ।

यसैबीच विश्व सवस्थ्य संठगनले गएको २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको जनाएको छ । संगठनका अनुसार गएको २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमित २ लाख २८ हजार १ सय २ जना थपिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech