कोरोनादेखि डराए अमेरिकी राष्ट्रपति ट्रम्प, पहिलो पटक लगाए मास्क

  |   प्रकाशित :

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्कमा देखिएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएयता ट्रम्पले पहिलो पटक मास्कमा देखिएका छन् । सार्वजनिक स्थलमा मास्कबिनै उपस्थित हुने गरेका ट्रम्पले शनिबार मेरिल्यान्डस्थित सैनिक अस्पतालको भ्रमणका क्रममा मास्क लगाएको फोटो सार्वजनिक भएको छ ।

१ लाख ३४ हजार अमेरिकनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्कसहित देखिएका हुन् । अस्पतालमा धेरै मान्छेसँग भेट हुने र उनीहरुले मास्क लगाओस् भन्ने चाहना व्यक्त गर्ने भएकाले आफूले मास्क लगाएको ट्रम्पले बताएका छन् ।

कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गमापनि ट्रम्प मास्कबिनै प्रस्तुत हुने गरेका थिए । उनले मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म पनि गर्न नसक्ने बताउँदै आएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech