बाल्यकालदेखि अमेरिका बस्दै आएका प्रवासीलाई नागरिकता दिने

  |   प्रकाशित :

एजेन्सी । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकालदेखि आफ्ना आमा–बुवासँग अमेरिकामा बस्दै आएका प्रवासीलाई नागरिकता दिने भएका छन् ।

ट्रम्पले शुक्रबार दिएको बयानमा ह्वाइट हाउसले प्रतिक्रिया दिँदै राष्ट्रपति गुणवत्तामा आधारित इमिग्रेशन प्रणाली स्थापित कार्यको प्रकिया चलिरहेको बताए ।

स्पेनिश भाषाको एक न्यूज च्यानल टेलीमैन्डोसँगको कुराकानीमा राष्ट्रिपति ट्रम्पले भने, ‘हामी इमिग्रेशनको एक कार्यकारी आदेश माथि काम गर्दैछौं । यसमा ‘डेफर्ड एक्शन फर चाइल्डहुड अराइवल्स’ कार्यक्रम सँग जोडिएको मानिसलाई नागरिकता दिने रुपरेखा तयार भइरहेको छ ।’

ट्रम्पले डीएसीसको बिषयमा थप्दै भने, ‘डीएसीए सम्बन्धित इमिग्रेसनको एक ठूलो विधेयकका हिस्सा बन्न गईरहेको छ । यो एक ठूलो बिल र धेरै राम्रो बिल हा । यो मेरिट आधारित बिल छ जसमा डीएसीए समावेश हुनेछ । यो खबर सुनेर मान्छेहरु खुशी हुनेछन् ।’

राष्ट्रपति ट्रम्प अभिव्यक्तिपछि ह्वाइट हाउसको तर्फबाट जारी बयानमा ‘बिलको मतलब यो होइन कि अवैध रुपबाट पसेकोलाई माफी हुन्छ’ भनेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech