इंग्लिस प्रिमियर लिगः आर्सनलमाथि टोटनह्यामको जित

  |   प्रकाशित :

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको नर्थ लण्डन डर्बीमा टोटनह्यामले आर्सनललाई पराजित गरेको छ । 

टोटनह्यामले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो । एक गोलको अग्रता उल्टाएर टोटनह्यामले जित निकालेको हो । खेलको १६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटनह्यामलाई २–१ को जित दिलाए । 

जितसँगै टोटनह्याम लिगको आठौं स्थानमा उक्लिएको छ । टोटनह्यामले ३५ खेलमा ५२ अंक जोडेको छ । ५० अंक जोडेको आर्सनल नवौं स्थानमा झरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech