म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको फाइनलमा

  |   प्रकाशित :

काठमाडौं । आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । गए राति वेम्वली स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गोल गरे । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । पिएरेले १९औ‌ं र ७१औं मिनेटमा गोल गरेका थिए ।

आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech