अमेरिकी जनतालाई मास्क लगाउन आदेश दिन सकिदैनः ट्रम्प

  |   प्रकाशित :

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनतालाई मास्क लगाउन आदेश दिन नसकिने बताएका छन् । कोरानो फैलिनबाट रोक्न मास्क लगाउन अमेरिकी जनतालाई आदेश दिन नसकिने उनले बताएका हुन् । 

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फ़ौचिले कोरानो फैलिनबाट रोक्न मास्क बाध्यकारी रहेको भन्दै राज्य तथा स्थानिय नेताहरुलाई आब्हान गरेको थिए। उनको आब्हान लगत्तै ट्रम्पको उक्त प्रतिक्रिया सार्वजनिक भएको हो ।

अमेरिकाका अधिकांश राज्य गवर्नरहरुले मास्क लगाउनु वैयत्तिक छनौट मात्र नभई कानुनी रपमा उक्त नियमलाई अनिवार्य गरिनुपर्ने आवाज उठाइरहेका छन् । मास्कको विषय अमेरिकामा विवादित बन्दै गएको छ। 

विगतमा मास्क लगाउँदिन भन्दै अडान लिँदै आएका ट्रम्प पनि गत शनिवार पहिलो पटक मास्क लगाएर सार्वजनिक भएका थिए । नागरिकहरुसंग निश्चित स्वतन्त्रता हुनुपर्ने भन्दै आफुले देशव्यापि रुपमा मास्क अनिवार्य गरिनुपर्ने नियम ल्याउन नसक्ने शुक्रवार फोक्स न्युजमा बताएका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech