चीनमा अल्पसंख्यकहरु माथि शोषण जारी, येशूको ठाउँमा नेताहरूको तस्वीर राख्न लगाइँदै

  |   प्रकाशित :

काठमाडौं । धार्मिक अल्पसंख्यकको अधिकार हनन् गर्ने चीन अब इसाई समुदायमाथि शोषण गर्न थालेको छ । 

उइगुर मुस्लिम समुदाय पछि ईसाई समुदायमाथि शोषण भइरहेको समाचार बाहीर आएको हो । वास्तवमा भन्ने हो भने, चीनमा बस्ने ईसाई समुदायहरूलाई ‘क्रूस’ हाल्ने र कम्युनिष्ट नेताहरूको तस्वीर सहित घरहरूमा येशू ख्रीष्टको तस्वीर बदल्न भनिएको छ। 

चीनमा पहिले नै उइगुर मुस्लिमहरूको शोषण र उनीहरूको अधिकार हनन् गरेको आरोप लमगेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार चिनियाँ अधिकारीहरूले इसाई धर्मका मानिसहरूलाई येशू ख्रीष्टको तस्वीरलाई घरबाट हटाउन र कम्युनिष्ट नेताहरूको फोटो राख्ने आदेश दिएका छन्। भर्खरै, अधिकारीहरूले जबरजस्ती विभिन्न प्रान्तहरूमा अवस्थित चर्चहरूबाट धार्मिक प्रतीक हटाए।

अमेरिकी न्यूज साइट रेडियो फ्री एशियाका अनुसार यो कार्य चीनका विभिन्न प्रान्तहरू बस्ने ईसाई समुदायका मानिसहरूसँग गरिएको छ। डेली मेलले बिटर विन्टर आउटलेटलाई उद्धृत गर्दै भन्यो कि शान्क्सी अधिकारीहरूले मानिसहरूलाई यहाँ धार्मिक छवि हटाउन र कम्युनिष्ट नेताहरूको फोटो राख्न आग्रह गरेका छन्। चीनले झिनजियांगमा युगुर मुस्लिम समुदाय बिरूद्ध व्यापक मानव अधिकार उल्लंघको लागि आलोचनाको सामना गरिसकेको छ।

डेली मेलमा प्रकाशित रिपोर्ट अनुसार कम्युनिष्ट पार्टीको स्थानीय समितिले धेरै प्रान्तमा ईसाई समुदायका मानिसहरुलाई यस्तो आदेश दिएको छ। मानिसहरूलाई यी धार्मिक प्रतीकहरू हटाउन र कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतु र वर्तमान राष्ट्रपति शीको तस्विर राख्न आग्रह गरिएको छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech