कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुँदै, तयारी गर्न आग्रह 

  |   प्रकाशित :

काठमाडौं । कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुने भएको छ । 

सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्न लागेको हो । नयाँ शैक्षिक सत्र अब तत्काल सुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । 

विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुगिसकेको छ । विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । 

केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताए । राजनीतिक प्रणाली परिवर्तन भए पनि पाठ्यक्रममा परिमार्जन हुन नसकेको उल्लेख गर्दै नयाँ पाठ्यक्रम लागू गर्ने अवसरबाट पछि हट्न नहुने र सरकार यसमा अडिग रहेको उनले बताए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech