एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, एक हप्तामै नतिजा सार्वजनिक 

  |   प्रकाशित :

काठमाडौं । माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

नोवेल कोरोना भाइरसका कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech