पाकिस्तानी एजेन्टबाट ५ करोड रुपैयाँ लिएर दीपिका जेएनयू गएको ‘रअ’ अधिकारी सुदको दावी, कंगनाको यस्तो प्रतिक्रिया !

  |   प्रकाशित :

काठमाडौँ। जेएनयू प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोणमाथि पाकिस्तानी एजेन्टबाट ५ करोड रुपैयाँ लिएको आरोप लागेको छ।

‘छपाक’ फिल्मको प्रमोशनका क्रममा जेएनयू विश्वविद्यालयमा भएको प्रदर्शनमा दीपिका सहभागी भएकी थिइन्। जेएनयूमा प्रदर्शनकारीको बीचमा गएर उभिनका लागि मात्रै पाकिस्तानी एजेन्ट अनिल मुसर्रतबाट करीब ५ करोड रुपैयाँ लिएको भारतीय खूफिया एजेंसी रअका पूर्व अधिकारी एनके सूदले दावी गरेका छन्। दीपिकालाई अनिलले फोन गरेर जेएनयूमा जान भनेको सूदको दावी छ। 

दीपिका Pak एजेंट JNU

अब यो घटनामा ईडीले जाँच गरिरहेको छ। अनिल पाकिस्तान प्रधानमन्त्री इमरान खान निकट रहेको सुदले बताएका छन्। पाकिस्तानी आर्मी र खूफिया एजेसी आइएसआईसँग पनि अनिलको सम्बन्ध छ। अनिलसँग बलिउडका करण जौहर अनिल कपुरलगायतको राम्रो सम्बन्ध छ। सुदले अनिलले भारत विरोधी गतिविधिमा फण्डिङ गर्दै आएको पनि आरोप लगाएका छन्। उनले अन्य कलाकारमाथि पनि निगरानी राख्न माग गरेको आप इण्डियाले जनाएको छ।

यसवारे बलिउडकी नायिका कंगना रनौतले पनि समाजिक सञ्जाल मार्फत ‘दीपिकाले पाकिस्तानीबाट जेएनयू प्रोटेस्टमा देखा पर्नको लागि ५ सीआर प्राप्त गर्‍यो, यस किसिमको शर्मिना यस्तो बलिउड सेलिब्रिटीहरूको हो जसले पैसाको लागि त्यहाँ देश बेच्दछ। के उनी पैसा कमाईन् डिप्रेशन स्टोरी बेच्नका लागि...’ भनेकी छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech