भारतलाई अमेरिकाको आग्रहः चीनमाथिको परनिर्भरता कम गर्नुस्

  |   प्रकाशित :

एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पम्मेओले भारतलाई आन्तरिक उत्पादनलाई बढाउन आग्रह गरेका छन् । 

भारतलाई आन्तरिक उत्पादनलाई बढाउन आग्रह गर्नुका साथै विदेश मन्त्री पम्मेओले चीनमाथिको निर्भरता कम गर्न पनि आग्रह गरेका छन्।

अमेरिका र चीनबीचको सम्बन्धमा दरार आइरहेका बेला अमेरिकी विदेशमन्त्री पम्पेओले भारतलाई पनि टेलिकम्युनिकेसन र स्वास्थ्य सामाग्री लगायत क्षेत्रमा चीनमाथिको परनिर्भरतालाई कम गर्न आग्रह गरेका हुन् ।

उनले भारतको आन्तरिक बजारमै टेलिकम्युनिकेसन, मेडिकल सामग्री र अन्य वस्तुहरुको उत्पादन र वितरण गर्न सक्षम हुनेतर्फ जोड दिन आवश्यक रहेको बताए। पम्पेओले भने भारतले अहिले विश्वभरबाट विश्‍वास आर्जन गरेको छ, अमेरिकाको पनि भारतमाथि ठूलो विश्वास छ त्ससैले भारतले आन्तरिक बजारलाई प्रबर्द्धन गर्ने यो उत्तम समय हो।

अमेरिकाले चीनमाथि हुवावेमार्फत जासुसी गरेको, हङहङ र सिन्जियाङमा मानवअधिकार उल्लंघन गरेको, कोरोना भाइरसको संक्रमण फैलिन नदिन पारदर्शी नबनेको लगायत आरोप लगाइरहेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech