चीनको सिन्जियाङमा बढ्यो कोरोना संक्रमण

  |   प्रकाशित :

चीनमा नोभेल कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेका छन् । चीनको उत्पिडनमा रहेको सिन्जियाङमा ८२ नयाँ संक्रमित फेला परेका छन् ।

त्यहाँ लक्षणविहीन संक्रमितमा लक्षण विकास भएपछि समस्या झन बल्झिँदै गएको छ । त्यसगरी उरुम्चीमा २४ जना लक्षणविहीन कोरोना संक्रमितलाई कोरोनाको लक्षण विकास भएको छ ।

सिन्जियाङमा ८० जना उरुम्चीका संक्रमितसँगै ८२ जना संक्रमित फेला परेका हुन् । त्यहाँ तीन हजारभन्दा बढी मानिसहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

सन् २०१९ को डिसेम्बरमा सुरु भएको नोभेल कोरोना भाइरस संक्रमणले विश्वलाई नै आतंकित पारेको छ । चीनले कोरोना भाइरसको संक्रमणमा नियन्त्रणमा लापरबाहीका कारण विश्वभर फैलिएको बताइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech