एमबीबीएसको लाइसेन्स परीक्षा भदौमा हुँदै 

  |   प्रकाशित :

काठमाडौं । एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्रको परीक्षा आगामी भदौमा हुने भएको छ । 

नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी भदौमा लिने भएको हो । 

काउन्सिलले एक विज्ञप्तिमार्फत गत चैत ८ गते लिने भनिएको लाइसेन्स परीक्षा आगामी भदौ ७ गते देखि १० गते सम्म गर्ने जनाएको छ । 

काउन्सिलका अनुसार बीडीएसको परीक्षा भदौ ७ गते हुनेछ भने एमबीबीएसको परीक्षा रोल नम्बर अनुसार ८ देखि १० गतेसम्ममा हुनेछ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech