गाडीको साटो पीसीआर मेसिन किनाैँ: कांग्रेस 

  |   प्रकाशित :

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले गाडीको साटो पीसीआर मेसिन किन्न प्रदेश सरकारलाई सुझाव दिएको छ । 

कांग्रेस विराटनगर महानगर समितिले प्रदेश सरकारले संघीय सरकारको मुख ताक्नुको साटो आफैं पीसीआर मेसिन गरिद गरेर परीक्षणको दायरा बढाउन माग गरेको हो ।

विराटनगर क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिसकेको तथ्य बाहिर आउँदासमेत परीक्षणको दरलाई तीव्र नबनाएको भन्दै महानगरका का.वा. सभापति अरुण न्यौपानेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले सर्वधारणलाई समेत सचेतना अपनाउँदै स्थानीय तथा प्रदेश सरकारले संक्रमण नियन्त्रणका लागि गरेका प्रयासमा साथ दिन अपिल गरेका छन् । न्यौपानेले भने, 'लकडाउन र कोरोना संक्रमणकै बेला प्रदेशका मन्त्रालयले करोडौं मूल्य पर्ने गाडी खरिद गरेका छन् । बरु त्यो रकमले किन पीसीआर मेसिन र भीटीएम खरिद नगर्ने ?' 

कोरोना नियन्त्रण तथा रोकथामका लागि एकीकृत प्रयास जरुरी भएको भन्दै स्थानीय र प्रदेश सरकारबीच देखिएको समन्वय अभावलाई समेत हटाउन सुझाव दिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech