कोरोनाविरुद्धको खोपको परीक्षण बंगलादेशी नागरिकमाथि गर्ने चीनको चाहना

  |   प्रकाशित :

बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप परीक्षणमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले कोरोनाविरुद्धको खोपको तेस्रो चरणको मानव परीक्षण बंगलादेशका नागरिकमाथि गर्न चाहेका छन् । बंगलादेश सरकारले भने चिनियाँ राजदूतको उक्त प्रस्ताव स्वीकार गरेका छैनन् ।

चिनियाँ सरकारी सञ्‍चारमाध्यक ग्लोबल टाइम्सलाई बंगलादेशका लागि चिनियाँ दूतावासले इमेलमार्फत जानकारी गराएको जनाइएको छ । सिनोभाक कम्पनीका अनुसार कोभिड-१९ विरुद्धको खोपको तेस्रो चरणको परीक्षण बंगलादेशमा गर्न चाहेको बताएका छन् ।

यसअघि सिनोभाक खोपको परीक्षण कोरोनाबाट बढी प्रभावित मुलुक ब्राजिलमा सुरु भइसकेको छ । त्यसैगरी चिनियाँ फर्कासिटिकल ग्रुपले अन्य दुई खोपकोसमेत विकास गरिरहेका छन् । यसरी कोरोना परीक्षण गरिएका व्यक्तिहरुमा पार्ने असरबारे भने चिन सरकार तथा विभिन्‍न मुलुकमा रहेका चिनियाँ नियोगहरुले केही खुलाएका छैनन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech