नेपाल आयल निगमलाई घाटा, आज साँझसम्ममा पेट्रोल र डिजेलको मुल्य वृद्धि गर्ने 

  |   प्रकाशित :

काठमाडौं । नेपाल आयल निगमले गएको १५ दिनमा करोडौं घाटा व्यहोरेको छ । 

निगमका अनुसार १५ दिनमा पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेलमा झण्डै एक रुपैयाँ घाटा व्यहोरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य वृद्धि भइरहँदा निगमले पुरानै मूल्यमा विक्रीवितरण गर्दा घाटा व्यहोरेको जनाएको छ ।

प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको निगमले आज साँझसम्ममा मुल्य वृद्धि गर्ने बुझिएको छ । पेट्रोलमा कम्तिमा तीन रुपैयाँ र डिजेलमा कम्तिमा एक रुपैयाँ मुल्य वृद्धि हुने तयारी भएको छ । हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ छ । डिजेल र मट्टीतेलको मुल्य समान ८८ रुपैयाँ छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech