टिकटकमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

  |   प्रकाशित :

वासिङटन डीटी । अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । 

‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाउन पनि सक्छ ।’  राष्ट्रपति ट्रम्पले भने ‘हामीले यो विषयको तयारी गरेका छौं, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका सक्छौं, हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।’ 

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो । 

यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाइ राखेका थिए । त्यसको करीब महीनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको प्राप्त समाचारमा जानकारी दिइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech