‘इनफ इज इनफ’ अभियन्ताहरुको विरोध प्रदर्शन जारी, प्रदर्शनमा प्रहरीको हस्तक्षेप

  |   प्रकाशित :

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानले आज पनि विरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ अभियानले सरकार कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै विरोध प्रदर्शन गरेको हो । 

सामाजिक दूरीसहितका नियम पालन गरी अभियन्ताहरुले आज बालुवाटार हाँडीगाउँमा प्रर्दशन गरेका छन्। प्रदर्शनमा प्रहरीको हस्तक्षेप समेत भएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । ‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा रहेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech