मन्त्री त्रिपाठी भन्छन्ः कोरोना संक्रमण धेरै देखियो भने लकडाउनभन्दा पनि ‘सिल’ नै गर्नुपर्छ 

  |   प्रकाशित :

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण धेरै नै देखियो भने सिल गरिने बताएका छन् । 

शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले कोरोना संक्रमण बढि देखिएका ठाउँमा लकडाउन गरिने र धेरै नै संक्रमण देखियो भने ती ठाउँहरु सिल गरिने स्पष्ट पारेका हुन् । 

उनले ‘लकडाउन सरकारको इच्छाभन्दा पनि आवश्यकता परेको खण्डमा जहाँ बढी संक्रमित देखिन्छ, त्यहाँ सिल नै गर्नेसम्म पनि सरकारको सोच पहिलेदेखि नै हो । धेरै संक्रमण देखियो भने लकडाउनभन्दा पनि सिल नै गर्नुपर्ने हुन्छ ।’ भनेका छन् । 

‘सरकारले मास्क लगाएर हिँड्न जनतालाई भनेको छ । कोरोनामा समाज नै सचेत भएर लड्न सक्छ । कोरोनामाथि विजय नै प्राप्त गरिसक्यौँ भनेर हामी हिडिरहेका छौँ । तर कोरोना अज्ञात छ र अहिले पनि विश्व नै आक्रान्त छ ।’ उनले थपेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech