कोरोना अपडेटः संक्रमितको संख्या २० हजार नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै ३१५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको हो ।

कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech