Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सगरमाथाको काखमा मनाईयो विश्व योग दिवस 

सगरमाथाको काखमा मनाईयो विश्व योग दिवस 

नेपालपाना आषाढ २ २०७६
  • 27.8K
    SHARES
  • सगरमाथाको काखमा मनाईयो विश्व योग दिवस 

    काठमाडौं । नेपालस्थित भारतीय दुतावासले सगरमाथाको काखमा पाँचौं विश्व योग दिवस मनाएको छ । विश्वकै अग्लो शिखर सगरमाथाको प्रवेशद्वार म्चेबजारमा दुतावासले योग कार्यक्रम आयोजना गरेको हो।

    योग कार्यक्रममा सोलुखुम्बु जिल्लाका महिला एवं युवाहरुको समूह, खाम्जुङ र कुण्डे खानेपानी व्यवस्थापन समिती, सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारीहरु, एभरेष्ट भ्यु होटलका कर्मचारी र ठूलो संख्यामा स्थानीयबासीको उत्साहप्रद सहभागीता रहेको दुतावासले जानकारी दिएको छ ।

    सगरमाथामा मनाईएको योग दिवसमा विदेशी पर्यटक, पर्वतारोही र अनुसन्धानकर्ताहरुको ठूलो समूह पनि सहभागी भएको थियो । दैनिक जीवनमा योगाको महत्व दर्शाउन र विश्वभर शान्ती तथा एकताको सन्देश दिन योगा दिवस सगरमाथामा मनाईएको दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    सगरमाथाको काखमा योगा दिवस मनाईएको यो पहिलोपटक हो । 

    तस्बीरहरू : समीरजंग थापा

    आषाढ २, २०७६ सोमवार १५:४०:४७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend