Logo

शुक्रवार, मंसिर १६ गते २०७९

"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

नेपालपाना आषाढ ८ २०७६
  • 35.7K
    SHARES
  • "नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

    काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । 

    लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’

    यो पनि पढ्नुहोस : सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

    नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ । 

    योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

    आषाढ ८, २०७६ आइतवार १४:५२:०४ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend