Logo

शुक्रवार, मंसिर १६ गते २०७९

बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु, किन मनाइन्छ गुँला पर्व ?

बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु, किन मनाइन्छ गुँला पर्व ?

नेपालपाना श्रावण १७ २०७६
  • 27.7K
    SHARES
  • बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु, किन मनाइन्छ गुँला पर्व ?

    काठमाडौं । गुँला पर्व शुक्रबारदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु भएको हो । हरेक बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा बिहारको परिक्रमा गरेर एक महिनासम्म यो पर्व मनाउने गरिन्छ ।

    भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगै विजयश्वरी र सेतो मत्स्येन्द्रनाथको पनि परिक्रमा गर्छन् । करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शनपछि उनीहरू विभिन्न बौद्ध मन्दिर तथा बिहार परिक्रमा गरी आ–आफ्ना घर फर्कन्छन् ।

    विशेषगरी नेवार समुदायमा बौद्ध धर्मावलम्बीले शृङ्गभेरी अर्थात् सिंग बाजा फुकाउन लगाएर स्वयम्भू महाचैत्यको पूजा गर्छन् । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जन समुदायका गुँला बाजा समूह, दिनहुँ बाजा गाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।

    गुँला महिनामा स्वयम्भूमा उपत्यकाबाट मात्र नभएर उपत्यका बाहिरबाट एक महिनासम्म दिनहुँ २५ हजारभन्दा धेरै भक्तजन पुग्ने गर्छन् । पर्वभरी बौद्ध स्तोत्र, धारणी, नामसंगीति तथा सद्धधर्मग्रन्थ पाठ गरिन्छ । यो पर्वकै बेला नागपञ्चमी, यलपञ्दान, रक्षाबन्धन, जनैपूर्णिमालगायतका मेला पनि लाग्ने गर्छ ।

    श्रावण १७, २०७६ शुक्रवार २०:३१:४३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend