Logo

आइतवार, श्रावण १० गते २०७८

तल्लो हेंवा जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न, केन्द्रिय प्रसारणमा थपियो २२ मेगावाट विद्युत

तल्लो हेंवा जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न, केन्द्रिय प्रसारणमा थपियो २२ मेगावाट विद्युत

नेपालपाना श्रावण १८ २०७६
  • 52.6K
    SHARES
  • तल्लो हेंवा जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न, केन्द्रिय प्रसारणमा थपियो २२ मेगावाट विद्युत

    पाँचथर । तल्लो हेंवा जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि केन्द्रिय प्रसारण लाइनमा २२.३४ मेगावाट विद्युत थपिएको छ ।  

    माउन्टेन हाइड्रोपावर कम्पनीले ७० करोड लागतमा निर्माणकार्य सम्पन्न गरेको छ । उत्पादित विद्युत १३२ केभिए काबेली करिडोर विद्युत प्रसारणलाइन फिदिम–४, थापाटारमा रहेको सवस्टेशनबाट केन्द्रीय लाइनमा जोडिएको हो । आयोजनाले साउन ४ गतेबाट परिक्षण उत्पादन सुरु गरेको हो ।

    परिक्षण सुरु गरिएको १५ दिनपछि विद्युत बिक्री गर्न थालिने आयोजना प्रमुख गणेश सुब्बाले बताए । आयोजनाबाट प्रतिदिन ७० हजार युनिट विद्युत उत्पादन हुने गरेको छ । अब दिनको २२ लाख रुपैयाँसम्म आम्दानी हुने आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताए। आयोजनामा १२ वटा वाणिज्य बैंकको ७० प्रतिशत लगानी रहेको छ ।

    श्रावण १८, २०७६ शनिवार ००:३२:५१ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana