भारतीय सिनेमा उद्योग बलिउडमा सम्बन्ध जोडिनु र तोडिनु सामान्य बन्दै गएको छ। बितेका केही बर्षहरुमै हामीले कैयौं बलिउड जोडीहरु अलग्गिएको देखेका छौं। शीलशीला अझै जारी छ, कोंकणा सेन शर्मा र रणवीर शोरेले पनि एक अर्कोलाई डिभोर्स दिने भएका छन्।
बलिउडमा यस्ता कैयौं चर्चित जोडीहरु छन्, जो जीवनमरणको कसम खाएका प्रियतमसँग अलग्गिए। यीमध्ये केहीको सम्बन्धविच्छेद सहजै भयो भयो केहीले निकै महंगो मूल्य चुकाएर सम्बन्ध तोडे। आज हामी यस्तै महंगो डिभोर्स गरेका बलिउडका ताराहरुबारे चर्चा गर्दैछौं :