Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

आज होलीः रङ, प्रेम र सत्यको पर्व

आज होलीः रङ, प्रेम र सत्यको पर्व

Deeps फाल्गुण २६ २०७६
  • 21.7K
    SHARES
  • आज होलीः रङ, प्रेम र सत्यको पर्व

    काठमाडौं । प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु सुरू हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई पूर्णिमाको अघिल्लो अष्टमीका दिन विशेष पूजा गरी ठड्याइन्छ ।

    हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई मार्न अग्निनजिक जाँदा आफैँ जलेर नष्ट भएकाले असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा फागु पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको नेपालमा यो पर्वको रौनक मेची–पश्चिम महाकालीसम्म हुन्छ ।

    नेपालको पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन र तराईमा भोलिपल्ट होली मनाइन्छ । काठमाडौं, पोखरा, जनकपुर, वीरगन्ज, धरान, चितवन, विराटनगर, धनगढीलगायत ठाउँमा फागु विशेष किसिमले मनाइन्छ ।

    प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई पूर्णिमाको अघिल्लो अष्टमीका दिन विशेष पूजा गरी ठड्याइन्छ ।

    रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गराउँदै एकआपसमा अबिर छ्यापेर फागुको शुभारम्भ गरिन्छ । त्यसबेला स्थानीय तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिन्छन् । असत्यमाथि सत्यको विजय हुने मान्यतासाथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा पु¥याई दहन गर्ने परम्परा छ ।

    होलिका दहन
    फाल्गुण शुक्ल पूर्णिमाको साइतमा चीरलाई ढालेर तान्दै तान्दै टुँडिखेलको मध्य भागमा पु¥याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुको निकै घुइँचो लाग्ने गर्छ ।

    चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा घरघर लैजाने चलन पनि छ । यसैगरी, ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य (चक्रमणशीलको मूर्ति) लाई राति त्यसै महाविहारसँगैको टुँ ९इनार० चोकमा नौपटक ओहोरदोहोर गराउने परम्परा छ ।

    नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भनिन्छ । त्यसो गर्नुअघि बाजागाजासहित होली खेल्दै जात्रा गरेर मूर्तिलाइ ठमेलमा नगर परिक्रमा गराइन्छ । ठमेलबाट ज्याँठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पु(याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पु(याउने परम्परा छ ।

    चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैंले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठुल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो । तर, केही वर्षयता ‘ठ्यासफु’का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको छ ।

    व्यापारीको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ बाह स्वदेश फक्र्रने क्रममा सँगै आएका सबै व्यापारी मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेल्न थालेपछि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ ।

    ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणीय देखिने वातावरणमा आठ दिनसम्म एकआपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने फागुमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतीले यस पर्वलाई आफूले मन पराएकासँग लामो समयदेखि अव्यक्त मायाप्रीतिलाई नाचगानका माध्यमबाट प्रकट गर्ने अवसरका रूपमा पनि लिने गर्छन् । राजधानी दैनीकबाट

    फाल्गुण २६, २०७६ सोमवार १८:०३:०३ बजे : प्रकाशित

    Deeps

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend